काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । वार्तामा नेपाल चिकित्सक संघको तर्फबाट डा.लोचन कार्की तथा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल,गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह सहभागी हुने बताइएको छ ।
नेपाल चिकित्सक संघको तर्फबाट डा.कार्कीसहित महासचिव डा बद्री रिजाल, ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ समेत सहभागी हुनेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेपछि सङ्घले देशभरका स्वास्थ्य संस्थामा आन्दोलनका कार्यक्रम तय गरेको थियो ।
शनिबारको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले सरकारी, गैरसरकारी, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा रोक्ने निर्णय गरेको थियो ।
शुक्रबार संघीय संसद भवनमा राष्ट्रपतिको सवारीका बेला वीर अस्पताल ९राष्ट्रिय ट्रमा सेन्टर०का वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंह लगायतका अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी प्रहार एवं दुव्र्यवहार गरेको थियो।