काठमाडौं । सिंहदरबारमा भएको सरकार चिकित्सकबीचको वार्तामा ६ बुँदे सहमति भएको छ । सहमति सँगै नेपाल चिकित्सक संघले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न संसद भवन जाने क्रममा बीर अस्पतालका एक डाक्टर प्रहरीबाट कुटिएका थिए । डाक्टर कुटिएपछि आक्रोशित बनेका चिकित्सकहरुले विभिन्न आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेका थिए ।
एक साताभित्र घटनाबारे छानविन गरी दोषिलाई कारवाही गर्ने , विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्ने लगायतका सहमति भएपश्चात् संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।