काठमाडौं । पहिलो चरणमा फाइजरको ३ लाख ४५ हजार खोप काठमाडौं आइपुगेको छ। स्वास्थ्य सेवा विभागका अनुसार उक्त खोप टेकुको खोप केन्द्रमा भण्डारण गरिने र आवश्यकता अनुसार अन्य प्रदेशमा पठाइने छ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो।विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ।