काठमाडौं । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजार बढीको मृत्यु भएको छ।
सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन् । अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ गरि ३३ हजार १७९ पुगेको छ। १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराईरहेका छन्।