काठमाडौं । भूकम्प प्रभावित देश टर्कीलाई नेपालले स्वास्थ्य सामग्री तथा न्यानो कपडा आज पठाउने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार टर्की सरकारले नेपालसँग सहयोगको लागि अनुरोध गरेको थियो ।
टर्किस एयरलाइन्सबाट सोमबार बिहान सामग्री पठाउन लागिएको हो। ती सामग्री विमानस्थलमा पु¥याएर तयारी अवस्थामा राखिएको छ।नेपालले टर्कीलाई औषधिहरु, स्वास्थ्य उपकरणहरु र न्यानो कपडा पठाउने तयारी गरेको छ। त्यहाँ अहिले चिसो मौसम छ भने वर्षा र हिउँ पनि परिरहेको छ।