काठमाडौं । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ४१ हजार बढीको मृत्यु भएको छ।
सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ४१ हजार बढीले ज्यान गुमाएका हुन् । अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
भूकम्पले टर्की र सिरियामा ठूलो जनधनको क्षति गरेको छ। भूकम्पका कारण भत्किएका घरमा पुरिएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ। भत्केका भग्नावशेष भित्रबाट उद्धारको लागि अझै पनि आवाजहरु आइरहेको उद्धार तथा खोजकर्ताहरुले जनाएका छन्।