काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको केन्द्रीय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पताल उद्घाटन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत दाङको बेलझुण्डी पुगेकी राष्ट्रपति भण्डारीले बुधबार क्याम्पस एवं अस्पतालको अवलोकनसमेत गरेकी छन् ।
दाङको बेलझुण्डीमा आयुर्वेद स्नातक (बीएएमएस) कक्षा सञ्चालनका लागि २४ करोड ७२ लाख ८३ हजार ४ सय ६६ रुपयाँ लागतमा भवन निर्माण भएको हो । नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट २०७४ असार मसान्तमा भवन निर्माण सुरु भएको थियो।
विश्वविद्यालयका १२ आंगिक र १२ वटा सम्बन्धनप्राप्त क्याम्पसहरू रहेका छन् । हाल यस विश्वविद्यालयमा उपाधिमूलक तहगत पाठ्यक्रमअन्तर्गत शास्त्री (स्नातक), आचार्य (स्नातकोत्तर) र विद्यावारिधि ९पीएचडी० स्तरका कक्षाका साथै आयुर्वेद स्नातक ९बीएएमएस० र शिक्षाशास्त्री (बीएड) कार्यक्रम सञ्चालित छन् ।