काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ वर्षे बिमा कार्ययोजना सार्वजनिक गर्ने भएको छ । सन् २०८० देखी २०८५ सम्मका लागि कार्ययोजना ल्याउने तयारीमा मन्त्रालय रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीका अनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन लागि उक्त कार्य योजना बनाउन लागिएको हो । बिमा बोर्ड आगामी वैशाखसम्म उक्त कार्ययोजना सार्वजिनक गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।