काठमाडौं । ग्यास सिलिन्डर दुर्घटनामा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बतायो ।
आमासँगै दुर्घटनामा घाइते भएका भण्डारीलाई भने थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।