काठमाडौं । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र पाँचजना घाइते भएका छन्। जिल्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
गएराति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।