काठमाडौं । बुधबार राति ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ ।
श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको हो ।
नेपालमा यथोचित उपचार सम्भव नभएको भन्दै उपचारमा संलग्न डाक्टरले भारत लैजान सिफारिस गरेपछि उनलाई त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते भएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ ।