काठमाडौं । ग्यास सिलिन्डर लिक भएर घाइते भएर उपचारको क्रममा निधन भएकी नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको आज दाहसंस्कार गरिने भएको छ।
सांसद भण्डारको सचिवालयका अनुसार उनकी आमा हरिकला भण्डारीको टिचिङ्ग अस्पतालमा शुक्रबार पोष्ट मार्टम सकिएको छ र आजै मध्याह्न १२:३० बजेपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने भएको छ।
कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ८६ बर्षिय आमा हरिकलाको विहिबार विहान निधन भएको हो।उनलाई थप उपचारको लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको थियो ।
ग्यास विस्फोटबाट उनको ७० प्रतिशतभन्दा बढी भाग जलेको अस्पतालले बताएको थियो । साथै अस्पतालले उनको श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको उल्लेख गरेको थियो ।