काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी ग्लोबल मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागि हुनका लागि स्विट्जरल्यान्ड भ्रमणमा जाने भएका छन्।
आगामी फागुन ११ देखि १२ सम्म स्विट्जरल्यान्डमा हुन लागेको दुई दिवसीय पाँचौं ‘रोगी सुरक्षा मा ग्लोबल मन्त्रीस्तरीय शिखर सम्मेलन’मा सहभागि हुन उनी स्विट्जरल्यान्ड जाने भएका हुन्।
उनलाई उक्त सम्मेलनमा भाग लिन जानका लागि फागुन ४ गते बसेको मन्त्रीपरिषद् बैठकले अनुमती दिइसकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले यसबारे जानकारी गराईन् ।