काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारका क्रममा रहेका उनलाई कृक्रिम अक्सिजनबाट हटाउने तयारी रहेको छ ।
उनलाई शुक्रबार देखि नै नलीमार्फत् खाना खुवाइएको थियो । उनले कृत्रिम अक्सिजनमार्फत् श्वास लिदैं आएकोमा त्यो हटाउन लागिएको हो। सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो।
काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।