काठमाडौं । गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले “जस्को दाँत सबल उस्को जिबन सफल ”भने नारा का साथ नि:शुल्क दन्त शिबिर सम्पन्न गरेको छ।
ओम समाज डेन्टल हस्पिटलले महाशिबरात्रिको पावन अबसरमा पशुपति मन्दिर परिसरमा दन्त शिविर सम्प्पन गरेको हो । उक्त शिबिरमा ३०५ जना भक्तजनलाई नि:शुल्क दन्त उपचारको साथै औषधि वितरण समेत गरिएको थियो ।
शिविरमा डा.सुबिना कार्की तथा डा.सबिना भण्डारी लगाएत टिमको ब्यबस्थापन धन प्रसाद घिमिरेले गरेका थिए ।

सबैको पहुचमा दन्त सेवा सहज सुलभ होस् भन्ने उद्देश्य तथा मुख स्वास्थय को मात्र हेरविचार गर्नाले ९० प्रतिशत अन्य रोग लाग्दैन भन्दै यसअघि पनि उपत्यका भित्र बाहिर सबै बर्ग लाइ लक्षित गर्दै यस्ता कार्यक्रम हरु सम्पन्न गर्दै आएको र भबिस्यमा पनि निरन्तता दिने बताएको छ ।
