काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीजरल्याण्डको भ्रमणमा निस्किएका छन्। बिरामी सुरक्षासम्बन्धी पाँचौं विश्व मन्त्रीस्तरीय शिखर सम्मेलनमा भाग दिन उनी स्वीजरल्यान्ड पुगेका हुन्।
सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा .कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका हुन् ।
मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कनेछन्।