काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रतिष्ठित इसा अवार्ड प्रदान गरिएको छ। ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ नामक संस्थाले आँखा उपचारमा उनले पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरेको हो।
यो बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापित अवार्ड हो। जसलाई हरेक दुई वर्षमा प्रदान गर्ने गरिन्छ। रूइतलाई प्रदान गरिने अवार्ड पाँचौं संस्करण हो।
बहराइनमा मंगलबार एक समारोहका बीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। अवार्डका लागि १३९ व्यक्ति र संस्था मनोनयन गरेको थियो जसमा रूइत चयन भएका हुन्।