काठमाडौं । आफ्नै निवासमा ग्यास सिलिन्डर विष्फोट भएर घाइते भएका नेपाली कांग्रेका सांसद डा.चन्द्र भण्डारीलाई मुखबाट नै खाना दिन थालिएको छ ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारका क्रममा रहेका उनलाई मुखबाट नै खाना दिन थालिएको हो । उनी सँगै भारतमा रहेका नेता योग राज कँडेलका अनुसार नेता भण्डारी खाना मुखबाट खानुका साथै उनी दोहोरो कुराकानी गरिरहेको छन् ।
काठमाडौँको बुद्धनगरस्थित घरमा नै ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई जलेकै दिन कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो।