काठमाडौं । चिउरा सजिलै सँग जताततै उपलब्ध हुने, भण्डारण गर्न सकिने खानपिनमा यो एकदमै प्रचलित छ । यसलाई बिशेषगरी दहि, मासु, मिठाई लगाएत अन्य धेरै परिकार सँग मिसाएर खाने प्रचलन रहेको छ । चामललाई पकाउन पर्ने तर चिउरा पकाउन नपर्ने भएकोले यसले जुन सुकै अवस्थामा पनि भातको सट्टामा प्रयोग गर्न सकिन्छ ।
बनाउने बिधि :
- २ कप चिउरालाई १० मिनेटपानिमा भिजाउनुहोस्
- भिजेको चिउरा बाट पानी निचोरेर एउटा भाडामा राख्नुहोस्
- चिउरामा २ वटा उसिनेको आलु हाल्नुहोस् र राम्रोसंग उसिन्नुहोस्
- आलु र चिउराको राम्रो मिश्रण बनेपछि त्यसमा नुन ,बेसार ,जीरा ,धनियाको धुलो ,काटेको प्याज, हरियो धनिया र खुर्सानी हाल्नुहोस्
- सबैलाई राम्रोसंग मिसाएर त्यसको स(साना गोलो आकार बनाउनुहोस् र कम तेल हालेर एउटा प्यानमा राम्रोसंग दुवैट्टी पकाउनुहोस्
- तातो चपलाई चटनी संग पस्कनुहोस्
फईदाहरु :
- पेटलाई फाइदागर्ने राम्रो प्रोबायोटिक
- अडिलो खाजा
- आइरनले भरिपुर्ण
- स्वस्थ कार्बोहाइड्रेडको राम्रो स्रोत