काठमाडौं । ओम समाज डेण्टल हस्पिटलले “जसको दाँत सबल उसको जीवन सफल ” भन्ने नारासहित २ दिने नि:शुल्क दन्त शिविर आयोजना गर्ने भएको छ।
ओम समाज डेन्टल हस्पिटल र जल देवी समाजसेवी युवा क्लब को सहकार्यमा आगामी फाल्गुन २६ र २७ गते नि:शुल्क दन्त शिविर संचालन हुने भएको हो।
हस्पिटल प्रशासन प्रमुख अजय रेग्मीका अनुसार उक्त शिविर सिद्दीचरण गाउँपालिका वडा न ६ को खानि ओखलढुंगा स्वास्थ चौकी मा संचालन गरिने छ । शिविरमा दाँत मुख सम्बन्धि परीक्षण ,मुखको क्यान्सर सम्बन्धि परीक्षण ,दाँत सफा गर्ने,दाँत निकाल्ने,लगायतका उपचार गरी औषधि समेत वितरण गरिने छ ।
शिविरमा हस्पिटलकाबाट डा. सुर्य नारायण पुन, डा.सपना लिम्बु,डा.सिनेल देशार, डा.सुबिना कार्की,डा.सबिना भण्डारी, सहायक जुनु पण्डित लगायतको टिमको सहभागिता रहने छ ।