काठमाडौं । राष्ट्रिय फार्मेसी संघ नेपालको अध्यक्षमा क्षितिज गड्तौला चयन भएका छन् । उनलाई शनिबार सम्पन्न भएको सम्मेलनले अध्यक्षमा चयन गरेको हो ।
सम्मेलनले ३१ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसमा उपाध्यक्षमा अमृत खनाल, उमा दुलाल र जयबहादुर घले, महासचिवमा पृथ्वीराज ढुंगेल, सचिवमा अमृत थापा, निश्चल केसी र भूमिका अधिकारी तथा कोषाध्यक्षमा जीवन पौडेल रहेका छन् ।