काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैं छ । सोमबार राष्ट्रिय सभागृहमा मुल समारोह समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्दैछ। संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रम आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो।
दिवसका अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान दिएका कर्मचारीहरुलाई विशेष सम्मानसमेत गरिँदैछ। यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने रहेको छ।