काठमाडौँ । यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा.प्रकाश क्षेत्रीलाई प्रदान गरिएको छ । २५ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य मन्त्री पदम गिरीले उनलाई १ लाख राशी बराबरको पुरस्कार प्रदान गरेका हुन् ।
साथै ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कारबाट चार जना स्वास्थ्यकर्मी पुरस्कृत भएका छन् ।पुरस्कार पाउनेमा नारायणी अस्पताल विरगन्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य प्रशासक गजेन्द्र प्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा मोनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा पोमावती थापा छन्।