काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी पदमुक्त हुने भएका छन्।
आज बसेको नेकपा एमालेको सचिवालयको बैठकले सरकार छाड्ने निर्णय गरेसँगै ४२ दिनको छोटो अवधिमा नै स्वास्थ्यमन्त्री गिरी पदमुक्त हुने भएका छन्।
सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो।