काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसहित एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' समक्ष राजीनामा दिएका छन्।
आज बसेको नेकपा एमालेको सचिवालयको बैठकले सरकार छाड्ने निर्णय गरेसँगै ४२ दिनको छोटो अवधिमा नै स्वास्थ्यमन्त्री गिरी पदमुक्त भएका हुन् । नयाँ व्यक्तिलाई जिम्मेवारी नदिदाँ सम्म स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री कै जिम्मेवारीमा रहने छ।
एमाले सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो।