काठमाडौं । ओखर तपाई हामी सबैले खाएकै फल हो। यसलाई ब्रेन नट्सको नामले पनि चिनिन्छ।ओखरको नियमित सेवनले क्यान्सरको जोखिमलाई कम गर्न सहयोग गर्छ । विभिन्न अध्ययनले ओखरबाट हुने स्वास्थ्यका फाइदालाई निम्नानुसार प्रस्तुत गरिन्छ।
स्तन क्यान्सरको खतरा कम
ओखरको नियमित प्रयोगले स्तन क्यान्सरको खतरा कम हुन्छ । मार्सल विश्वविद्यालयले गरेको अध्ययन अनुसार ६० ग्राम ओखर दिनहुँ खाने गरे स्तन क्यान्सरको सम्भावना कम हुन्छ।
मधुमेहबाट सुरक्षा
ओखरको प्रयोगले मधुमेह अर्थात् सुगरको खतरा पनिकम हुन्छ । ओखरमा पाइने मोनो र पालीअनस्याचुरेट फ्याटले शरिरको इन्सुलिन सेन्सेटिभीटीलाई राम्रो फाइदा पुर्याउँछ ।
उक्त हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा के पत्ता लागेको छ भने जुन महिलाहरूले हप्तामा पाँच पटक ३० ग्राम ओखर खाने गर्छन् उनीहरुलाई टाइप २ मधुमेह हुने खतरा ३० प्रतिशत कम हुन्छ।
मुटुलाई पनि फाइदा
ओखरको प्रयोगले मुटूलाई समेत फाइदा गर्छ । यसमा रहेको एन्टी अक्सिडेन्टले मुटुलाई स्वस्थ राख्ने काम गर्छ ।– तनाव कम ग्रन मद्धत गर्छ । ओखरको प्रयोगले मानिसलाई तनावसँग लड्ने क्षमतामा बृद्धि गर्छ। यसमा भएको तेलले ब्लड प्रेसर र त्यसको प्रभावलाई कम गर्न मद्धत गर्छ र तनाव कम हुन्छ । इन्फ्लामेटरी रोगहरूबाट पनि बचाउन सहयोग गर्छ।