काठमाडौं । छैठौ मेडिकल एण्ड ल्याव शो आजदेखी सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको उक्त शो ४ तारिखसम्म चल्ने छ । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसनले आयोजना गरेको उक्त शोबाट नयाँ प्रविधिहरूको प्रत्यक्ष रूपमा अवलोकन गर्न पाइने छ ।
केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसनका अध्यक्ष भक्त हमालका अनुसार उक्त शोमा दुई सय वटा भन्दा बढी स्टल राखिने छ । इन्डिया, चाइना, कोरिया युरोप लगायतका देशहरूले उक्त शोमा भाग लिने उनको दाबी छ ।