काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी छन्।उनले बुधबार राति उनले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विष सेवन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए।
अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको एसएसपी कार्कीले जानकारी दिए। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वाइबा उनी बोल्न सक्ने अवस्थामै छन् । तर, विष सेवन गर्नुको कारण भने बताएकी छैनन्।
वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन्। धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा तानिएकी थिइन्।यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन्। त्यतिबेला पनि यही विषयमा गायक राजेश पायल राईसँग उनले लफडा गरेकी थिइन् ।
केही महिना पहिले सामाजिक सञ्जालका तथानाम अभिव्यक्ति दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो।