काठमाडौं । आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ।
उनको हाल भारतको मुम्बईस्थित बर्न सेन्टरमा १५ दिनदेखि उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको भण्डारीका सहयोगी योगराज कँडेलले जानकारी दिए।
उनलाई सामान्य इन्फेक्सन देखिएकोले एन्टिबायोटिक्स चलाइएको छ। काठमाडौँको बुद्धनगरस्थित घरमा नै ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए।
उनीहरूलाई जलेकै दिन कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो।