काठमाडौं । विराटनगरमा आयोजित नेपाल मेडिकल कन्फ्रेन्स सकिएको छ । नेपाल चिकित्सक संघको आयोजनामा तीन दिनसम्म चलेको २९ औं सम्मेलन शनिबार सकिएको हो ।
नेपाल चिकित्सक संघका अनुसार बुधवार देखि नै प्रि-कन्फ्रेन्स वर्कसप भने शुरू भएको थियो । कन्फ्रेन्समा ६ सय जनाको सहभागिता रहेको थियो । भारतबाट इन्डियन मेडिकल एसोसियसनका अध्यक्ष समेत कन्फ्रेन्समा सहभागि भएका थिए ।
उक्त सम्मेलन घोषणा पत्र जारी गर्दै सकिएको थियो । जारी घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि र सीप भित्र्याउने , मेडिकल टुरिजम र मेडिक एजुकेशन टुरिजमका लागि थप गृहकार्य गर्ने ,चिकित्सक एवं स्वास्थ्यकर्मीको सुरक्षाका लागि थप पहल कदमी गर्दै अगाडि बढ्ने, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐनको कार्यान्वयनमा जोड गर्ने लगायतका पक्षहरुको उल्लेख गरिएको छ ।
.JPG)
