काठमाडौं । नेपाल फार्मास्युटिकल्स एशोसियनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन् । शनिबार सम्पन्न उक्त निर्वाचनमा कूल ९९२ खसेको थियो । जसमा पन्तले ५४० मत पाउँदा उनका प्रतिस्पर्धी डा रोभसकुसुम सुवेदीले ३६४ र फुलगेन शाहले ६३ मत पाएका थिए।
त्यस्तै उपाध्यक्ष तर्फ ४१४ तथा ३९३ मतसहित अमृत गैरे र देवानन्द शाह निर्वाचित भएका छन् ।उपाध्यक्षका प्रतिस्पर्धी प्रदीप लम्सालले ३७९, बद्रि केसीले ३४० र लक्ष्मी नारायण शाहले १९६ मत प्राप्त गरेका थिए ।
महिला उपाध्यक्षतर्फ निर्वाचित रोनक श्रेष्ठ ४५८ मत पाएका छन् भने प्रतिस्पर्धी संजिता विष्टले ४८४ मत पाइन् ।