काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.भोला रिजाल एक लाख रुपैंयाको रुपा चिकित्सा सेवा अवार्डबाट सम्मानित भएका छन् । विराटनगरमा आयोजित २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्समा डा रिजाललाई उक्त सम्मान प्रदान गरिएको हो।
नेपालको चिकित्सा क्षेत्रमा निसन्तानको उपचारमा विशेष योगदान दिएकोमा डा रिजाललाई उक्त सम्मान प्रदान गरिएको हो।अवार्डले अझै यस क्षेत्रमा काम गर्नका लागि आफूलाई हौसला प्रदान गरेको डा.रिजालले बताए।
प्रत्येक वर्ष नेपाल चिकित्सक संघको स्थापना भएको दिन फागुन २० गते रुपा चिकित्सा सेवा अवार्ड प्रदान गर्दै आइरहेको छ।