काठमाडौं । 'स्वस्थ मृगौला स्वस्थ जीवन' भन्ने नाराका साथ मार्क इन्टरनेशनल किड्नी सेन्टरले स्थापना दिवसको अवसरमा विभिन्न प्रकारका जनचेतना मुलक कार्यहरु गर्ने भएको छ ।
मृगौला स्वस्थ राख्न अपनाउन पर्ने जीवनशैलीलाई सहज गराउन सेन्टरले यस्ता जनचेतनामुलक कार्यहरु गर्न लागेको पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको हो । नेपाली समाजमा मृगौला रोगको साथ साथै अन्य रोगहरुको पहिचान एवं रोकथाम सहज तरिकाले गराउनका लागि यस सेन्टरले आवश्यक कदम चलाउँदै आइरहेको छ ।
स्थापना कालको चौथो वर्ष प्रवेशको अवसर एवंम् विश्व मृगौला दिवस २०२३ को अवसरमा सेन्टरले विभिन्न प्रकारका कार्यक्रमहरुको समेत आयोजना गर्न लागेको बताएको छ । यस अन्तर्गत सेन्टरले २५ गते बिहीबार बिहान ७ बजेदेखी दरबारमार्गमा वाकथन , २६ गते शुक्रबार निशुल्क मृगौला रोग परीक्षण शिविर,तथा २७ गते शनिबार निशुल्क बृहत स्वास्थ्य परीक्षण शिविर एवंम् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।