काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशका विभिन्न मेडिकल कलेजमा सिट निर्धारण गरेको छ।
आयोगको फागुन १४ गते बसेको बैठकले पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनका लागि २०, २० सिट पाएका छन् ।
यो बिएससी नर्सिङ र बिएनएसको कक्षा सञ्चालन लागि दुवै प्रतिष्ठानले पाएको सिट संख्या हो । यी दुवै प्रतिष्ठानले पहिलोपटक नर्सिङ अध्यापन गराउनका लागि अनुमती पाएका हुन् ।