काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालले १५ जना नर्सहरुलाई सम्मान गरेको छ । क्यान्सर उपचारको क्षेत्रमा उनीहरुले दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
नारी दिवसको अवसरमा नेपाल क्यान्सर अस्पताल तथा उपचारका लागि सहयोगी हातहरु नामक संस्थाको आयोजनामा नेपाल क्यान्सर सपोर्ट ग्रुपले ४० औं सभाईभर मिट समेत सम्पन्न गरेको थियो ।
नेपाल क्यान्सर अस्पतालको सम्मेलन हलमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल क्यान्सर सपोर्ट ग्रुपले अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठलाई समेत सम्मान गरेको थियो ।