काठमाडौं । कोरोना खोप लगाएर ६ महिना भइसकेकाहरुलाई बुस्टर डोज खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।कोरोनाको खोप पुरा गरेपनि विभिन्न कारणले बुस्टर डोज नलगाएकाहरुलाई बुस्टर डोज खोप लगाउनका लागि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो।
बुस्टर डोज खोप ५५ वर्ष उमेर माथिका सबै व्यक्ति, स्वास्थ्यकर्मी, गर्भवती,१२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई दिइने सरकारले जनाएको छ।