बागलुङ। बागलुङमा प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र ९ किलो वन लसुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिका हुन् ।
उनीहरूले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए ।