काठमाडौं । काठमाडौंमा बिहिबारदेखि सुरु भएको महिला स्वास्थ्य सम्मेलन आज सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाको आयोजनामा पहिलो पटक काठमाडौंमा ‘महिला स्वास्थ्य सम्मेलन’भएको हो।
महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित रहेर सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुहरूमा छलफल एवम् प्रस्तुतिहरू भएका थिए ।
यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुतीहरु समावेश गरिएका थिए ।
महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधिहरू एवम् विज्ञ व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौती एवम् अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कहरूको लेखाजोखा गर्नु सम्मेलनको उद्देश्य रहेको थियो ।