काठमाडौं । झारफुकका कारण रुपन्देही सैनामैना नगरपालिका–१० बेमतेनीकी सीता ज्ञवालीको मृत्यु भएको छ । उनको फागुन २० गते उनको मृत्यु भएपछि सामाजिक सञ्जालमार्फत् विरोधका विभिन्न आवाजहरु बाहिर आएका छन्।
घटनाको अनुसन्धानका लागि प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइसकेको जनाएको छ । रुपन्देही प्रहरीका प्रवक्ता तथा इन्स्पेक्टर दीपक कुँवरका अनुसार अनुसन्धानका लागि २२ वर्षिया सोनिया रेश्मी (झाक्री) सहित १७ जनालाई पक्राउ गरिएको हो ।
झारफुक कै लागि भन्दै मन्दिरमा लगेर कुटपिट समेत गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।