काठमाडौं । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धि कार्यविधी बनाउनका लागि गठित समितीले प्रतिवेदन बुझाएको छ।
माघ २९ गते नेपाल सरकार तथा नेपाल चिकित्सक संघले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७”मा परिमार्जन गर्नुपर्ने भन्दै कार्यदल समिती गठन गरेको थियो ।
नेपाल चिकित्सक संघको माग बमोजिम भिआइपी सुरक्षा कार्यविधि परिमार्जन गर्न कार्यदलले प्रतिवेदन बुझाएको हो।गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङका अनुसार संशोधनका लागि सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको हो ।