काठमाडौं। आज बिहान सिन्धुलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ। उक्त दुर्घटनामा मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन्।
उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
ओखलढुङगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न नसकेको नायब उपरीक्षक दाहालले बताए।