काठमाडौं । आयुर्वेद औषधिको उद्योग सञ्चालनका लागि अनुमती लिएर काम नगर्ने उद्योगलाई नेपाल औषधि व्यवस्था विभागले कार्वाही गर्ने बताएको छ ।
उद्योग सञ्चालनको अनुमती लिएपनि सञ्चालन नभएका उद्योगहरुलाई कारणसहित स्पष्टीकरण दिनका लागि विभागले आग्रह गरेको छ । हालसम्म औषधि उद्योग सञ्चालनको अनुमती लिनेको संख्या १९६ भएपनि अनुमती लिएका भन्दा एकदमै न्यून मात्रै सञ्चालनमा रहेका छन् ।
दर्ता भएका आयुर्वेद औषधि उद्योगहरुले आफ्नो विवरण ३५ दिनभित्र उपलब्ध गराउन विभागले निर्देशन समेत दिएको छ ।
