काठमाडौं । लामो समयदेखि अस्पतालको सम्पर्कमा नरहेका वीर अस्पतालका ५ नर्स जिम्मेवारी मुक्त भएका छन् ।
अस्पतालले मंगलबार एक सुचना जारी गर्दै अस्पतालको सम्पर्कमा नरहेका ५ नर्सलाई जिम्मेवारी मुक्त गराइएको जानकारी दिएको हो ।
नर्सहरु सुशिला ढकाल ,जमुना सिटौला, शान्ति र ओमदेवी पुनलाई सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।