रामधुनी–६ बक्लौरीमा रहेको आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थी मञ्चको आयोजना तथा विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोमा स्वास्थ्य शिविर बक्लौरी सुनसरीमा संचालन भएको थियो ।
उक्त निःशुल्क शिविरमा विराटको स्त्री तथा प्रसुती, जनरल मेडिसिन, नवजात शिशु तथा बाल, मुटु, छाला रोग विभागले निःशुल्क सेवा प्रदान गरेको थियो ।
यस्तै हाडजोर्नी तथा नशा, क्यान्सर, आँखा, ल्याब तथा रेडियोलोजी विभागद्धारा सेवा प्रदान गरेको थियो । उक्त निःशुल्क शिविरमा १५०० सय जनाले सेवा लिएका थिए ।



