काठमाडौं । पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेश कोरोना भाइरस संक्रमितहरु फेला पर्न थालेका छन्।
कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको हो।स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो। कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ।