काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकूलपति डा डिएन साहको पदावधि सकिएसँगै आगामी न्याम्सको उपकूलपतिबारे चर्चा चलिरहेको छ।
न्यासका डा साह फागुन ३० गते पदावधि सकिएसँगै न्याम्सको उपकूलपतिको आकांक्षीबारे चर्चा चलेको हो।
हालसम्म प्राडा भुपेन्द्रकुमार बस्नेत, प्राडा बुलन्द थापा, डा गुणराज लोहनी, डा दिपक थापा, डा रतिन्द्र श्रेष्ठ र डा सुवोध अधिकारीले उपकुलपतिका आकांक्षीको रुपमा रहेका छन्।
न्याम्सको उपकूलपतिका लागि स्वास्थ्य मन्त्रालय मातहतका निकायमा पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ अनुसार न्याम्सको उपकुलपतिका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी प्राध्यापक वा मान्त्रालय सम्बद्ध निकायमा कम्तीमा एघारौं तह वा सो सरहको पदमा काम गरेको हुनुपर्ने कानुनी प्रावधान रहेको छ।