काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित भेटिएका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११०१ नमुना परीक्षण गर्दाे कोरोनाका नयाँ संक्रमित नभेटिएका हुन् ।
सोही अवधिमा २ जना कोरोना संक्रमित निको भएका छन् । हाल नेपालमा कोरोनाका नयाँ संक्रमितको संख्या १७ रहेको छ ।