काठमाडौं । शुक्रबार बिश्व निन्द्रा दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नाख कान घाटि रोग विशेषज्ञ डा योगेश न्यौपानेले बिश्वका ३२ प्रतिशत मानिस चाहिने भन्दा बढि सुत्ने गरेको अध्ययनबाट पत्ता लागेको बताए । उनका अनुसार धेरै सुत्नु र कम सुत्नु दुवै स्वास्थ्यको लागि हानिकारक हो।
मानिसले सकेसम्म यउटै समय सुत्ने र उठ्ने गर्नु पर्छ । दिउसो सुत्ने बानिले स्वास्थ्य लाइ फाइदा नगर्ने डा न्यौपानेले बताए । सुत्नु भन्दा चार घन्टा अगाडी ब्यायाम गर्नाले निन्द्रा मा समस्या आउने उनले बताए ।
नेप्लिज सोसाइटी अफ स्लीप डिसअडर ले गरेको एक अध्यन अनुसार नेपालमा १७-२० प्रतिशत मानिसहरुमा घुराइको कारण निन्द्रामा समस्या हुने गरेको तथ्य फेला परेको छ । बेलुकाको समय मा ८-१२ को बीचमा सुति सक्नुपर्ने चिकित्सक हरुको सुझाव छ ।