काठमाडौं । नेपाल डेन्टल साइन्स हाईजेनिस्ट एसोसियनले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सचेतनामुलुक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषदमा ३ हजार २ सय डेन्टल असिस्टेन्ट, हाइजिनिस्ट र सिडिएस दर्ता भएका र नेपाल मेडिकल काउन्सिलमा करिब ३३ सय दन्त चिकित्सक दर्ता भएको एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले जानकारी दिए।
उनले जनशक्तिहरुलाई पनि सरकारले सही सदुपयोग गर्न नसकेको र राज्यले मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए। दिनमा ६ मिनेट समय दिन सकेमा दाँत तथा मुखका ९० प्रतिशत रोगबाट बच्न सकिने सरोकारावालाहरु बताउँछन् । पछिल्लो केही वर्षमा मुख स्वास्थ्यसम्बन्धी आएको चेतनाका कारण यस्ता बिरामीहरु संख्या दिनप्रतिदिन बढिरहेको छ।
सरकारी स्तरमै दाँतसम्बन्धी जनशक्तिको व्यवस्थापन हुनेगरी दुर दराजमा दन्त चिकित्सा सेवा पुर्याउनु पर्नेमा जोड देवकोटाले जोड दिए। उनले नेपालमा चिकित्सक रहे पनि सरकारले दरबन्दी खडा गर्न नसक्दा दन्त चिकित्सकहरूले अवसर नपाएको उनको गुनासो थियो ।
शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो। शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ। पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो। तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन।