काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी अस्पतालहरुको स्तरोन्नती गरिने बताएका छन् ।
प्रतिनिधी सभाको चैत ६ गतेको बैठकमा विश्वासको मत माग्दै उनले सरकारी अस्पतालहरुको स्तरोन्नती गरी न्याम्स अन्तर्गत मेडिकल कलेज खोलिने बताएका हुन् । सरकारी अस्पतालहरुको स्तर बढाउने काममा आफू तीव्र रुपमा लागिपरेको उनले बताए ।
न्याम्स अन्तर्गत हाल चिकित्सा शिक्षा अन्तर्गत विशेषज्ञ तह र त्योभन्दा माथिको अध्यापन हुँदै आइरहेको छ। न्याम्सलाई चिकित्सा शिक्षाको छाता विश्वविद्यालयका रुपमा अगाडि बढाउने विषयमा लामो समयदेखि छलफल हुँदै आइरहेको छ।
साथै गेटा मेडिकल कलेज तथा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा विकास गरिने कार्य मन्त्रीपरिषद्ले अगाडि बढाइसकेको आश्वासन उनले दिएका छन् ।